काठमाडौं, ४ चैत । नेपाली बजारमा आज सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्