जनता टाइम्स

४ चैत्र २०८०, आईतवार १८:११

डिल्लीराज भट्टले सम्हाले गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी


पोखरा, ४ चैत । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गर्नुभएको छ । नवनियुक्त प्रदेश प्रमुख भट्टले आज प्रदेश प्रमुखको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । ‘प्रदेश प्रमुखको पदमा रहुञ्जेलसम्म इमानदार बन्ने बाचा गर्न चाहन्छु ।

कानूनको रक्षा गर्दा सबैबाट सहयोग हुने अपेक्षा गरेको छ । गण्डकी प्रदेशको उन्नति, प्रगतीलो कामना गर्दछु’, उहाँले भन्नुभयो । मन्त्रिपरिषद्को फागुन २८ गते बसेको बैठकले भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेको थियो । भट्ट गण्डकीका पाँचौं प्रदेश प्रमुख हो । यसअघि पृथ्वीमान गुरुङ प्रदेश प्रमुख हुनुहुन्थ्यो ।