जनता टाइम्स

५ चैत्र २०८०, सोमबार १७:२६

गण्डकी प्रदेशमा दीपक मनाङे बने भौतिक पूर्वाधारमन्त्री


पोखरा, ५ चैत । गण्डकीमा प्रदेशसभा सदस्य दीपक मनाङेले भौतिक पूर्वाधारमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आज प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

मनाङबाट स्वतन्त्र रुपमा चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले आज मात्र पार्टी छाडेको घोषणा गर्नुभएको थियो ।