जनता टाइम्स

६ चैत्र २०८०, मंगलवार १२:५०

बोनस सेयरमा लाग्ने कर तिर्न सेयरधनीलाई आग्रह


काठमाडौ, चैत ६ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको छ । कम्पनीका अनुसार बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको हो ।

कम्पनीले एक सूचना प्रकाशित गरी (साविकको गुराँस लाइफ र यूनियन लाइफ) को आर्थिक वर्ष २०७७–७८ को नाफबाट सेयरधनीलाई वितरण गरिएको बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।