जनता टाइम्स

६ चैत्र २०८०, मंगलवार १४:४७

एमाले अध्यक्ष ओलीद्वारा परशुराम धामको दर्शन (फोटोफिचर)


डडेल्धुरा, ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डडेल्धुराको परशुराम नगरपालिका–५ नदी किनारामै रहेको परशुराम धामको दर्शन गर्नुभएको छ । अध्यक्ष ओलीको साथमा उहाँको धर्मपत्नी राधिका शाक्य पनि सँगै रहनुभएको छ ।

यो चार धाम मध्येको एक धाम हो । भगवान विष्णुको दश अवतारमध्ये परशुराम अवतार भएको धाम महाकाली नदीको किनारमा एला नदीको संगमसँगै रहेको छ ।

एकातिर चूरे पर्वत शृंखला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागीरी पर्वतको मध्य भागमा रहेको परशुराम धाम डडेलधुराको सदरमुकाम देखि १ सय किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दुरीमा सडक मार्गबाट पुग्न सकिन्छ ।