जनता टाइम्स

६ चैत्र २०८०, मंगलवार १९:०७

भ्रष्टाचारीप्रति कठोर बन्ने ५ दलको उदघोष : सवै कालखण्डका भ्रष्टाचारमाथि छानविन र कारबाही (पूर्णपाठसहित)


काठमाडौं, चैत ६ । सत्तारुढ पाँच राजनीतिक दल भ्रष्टाचारीप्रति कठोर बन्ने उदघोष गरेको छ । पाँच दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प (न्यूनतम साझा कार्यक्रम) सार्वजनिक गर्ने क्रममा पाँच दलले यस्तो अठोट लिएको हो ।

सिंहदरबारमा आज आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारी शीर्ष नेतालाई बुझाएर अन्तिम रुप दिइएको सरकारको न्यूनतम साझा कार्यक्रमलाई सार्वजनिक गरिएको छ । उपाध्यक्ष पौडेलले सत्तारुढ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गर्नुभयो ।

सो संकल्पमा कुनै पनि कालखण्डको भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि छानबिन गर्ने उल्लेख गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनबाट अधिकारसम्पन्न बनाई भ्रष्टाचार निवारण र सदाचारको प्रत्याभूति गर्ने संकल्प पाँच दलले गरेका हुन ।

पाँच दलको साझा संकल्पमा भनिएको छ, ‘भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएको विषयसँग सम्बन्धित विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही गरी भ्रष्टाचारी एक दिन कारबाहीको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने ।’

यस्तै साझा संकल्पमा सुस्त कर्जा प्रवाह र पुँजीगत सार्वजनिक खर्चको न्यूनताजस्ता समस्याकोसमाधान गर्ने, वित्तीय र मौद्रिक नीतिबीच समन्वय गर्दै, तात्कालिक र मध्यकालीन लगानी र रोजगार–मैत्री नीतिगत सुधारमा बाधा पुर्याउने बिभिन्न कानुनहरु संशोधन गर्ने, सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीको रूपमा रहेको राजश्व र खर्चबीच बढिरहेको अन्तरलाई कम गर्न राजश्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक सहयोगका नवीन स्रोतहरूको पहिचान र परिचालन गर्ने, विप्रेषण आप्रवाहलाई उत्पादनशील गतिविधिमा लगाउनेर सेयर बजारलाई नीतिगत सुधारमार्फत् चलायमान बनाउने संकल्प पनि पाँच दलले गरेका छन ।

संकल्पको पूर्णपाठ