जनता टाइम्स

७ चैत्र २०८०, बुधबार १३:२३

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, ७ चैत । सुनको मूल्य स्थिर रहेको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा र तेजाबी सुन तोलामा १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।