काठमाडौं, असोज ८ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको प्रष्ट पार्नुभएको छ । पार्टी विदेश विभागले आयोजना गरेको ‘कम्युनिष्ट पार्टीहरूको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन’ को आज काठमाडौंमा उद्घाटन गर्दै नेता नेपालले सो भनाई राख्नुभएको हो ।
नेकपाको विदेश विभाग प्रमुख समेत रहनुभएका नेता नेपालले नेकपाबारे फैलाइएको भ्रम आपत्तिजनक र गलत रहेको बताउनु भयो । उहाँले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत दुई तिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको नेकपा निरंकुश हुन्छ कि भनेर हौवा नफिजाउन पनि अन्य राजनीतिक दलहरूलाई चेतावनी दिनुभयो । उहाँले जनताले सर्वाधिक रुचाएकाले नेपाल कम्युनिष्ट पार्टी नेपालमा लोकप्रिय हुन पुगेको तथ्य पनि राख्नुभयो ।
नेपालको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सति सालझै उभिएर काम गरेको कारण नै नेकपा लोकप्रिय बन्नुका साथै नेकपाले निर्वाचनको माध्यमबाट जनताको विश्वास लिएर शासन सत्ता सञ्चालन गर्ने मौका पटक÷पटक पाउने गरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्