जनता टाइम्स

८ चैत्र २०८०, बिहीबार १५:१९

खन्तिले हानेर साथीको हत्या


झापा, ८ चैत । झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा) को हत्या गरिएको हो ।

सनमको हत्या उनकै साथी अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोक) ले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना आज बिहान ५ बजेको हो । कमान र सनम साथी हुन् ।

कमान गएराति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या गरी कमान घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पुरानो रिसिविले हत्या गरेको हुन सक्ने बताइएको छ ।