जनता टाइम्स

८ चैत्र २०८०, बिहीबार १९:४२

कञ्चनपुरबाट अवैध सालको काठसहित एक जना पक्राउ


कञ्चनपुर, ८ चैत । कञ्चनपुरबाट अवैध सालको काठसहित एक जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–४ रिछा स्थित माँ पुर्णागिरी समिल फर्निचर उद्योग बाहिर सडक छेउबाट अवैध सालको काठ बरामद गरेको प्रहरीले जनाएको छ ।

बलौरी–५ मैनाहका २४ वर्षीय राजेश चौधरीलाई २६.५४ क्युफिट सालको काठसहित आज दिउँसो पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । चौधरी र काठ समेतलाई आवश्यक कारबाहीको लागि प्रहरीले सव डिभिजन वन कार्यालय पचकडिया पुनर्वासको जिम्मा लगाएको छ ।