जनता टाइम्स

९ चैत्र २०८०, शुक्रबार १९:४८

बाजुरामा एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार


बाजुरा, ९ चैत । बाजुरामा एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । आज जगन्नाथ गाउँपालिका–३ की २८ वर्षीया दुर्गा बुढालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

अप्रेशनबाट बच्चा जन्माएकी दुर्गा र बच्चा दुबै जोखिममा भएकोले सुर्खेत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।