जनता टाइम्स

९ चैत्र २०८०, शुक्रबार २२:५५

समाजवादी मोर्चामा एमाले सहभागी हुन्न, मोर्चामा जाने र वामगठबन्धन बनाउने कुनै सोच पनि छैन : शंकर पोखरेल


काठमाडौं, चैत ९। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले समाजवादी मोर्चा बनाउनेसोचले नयाँ सत्ता समीकरण नगरेको प्रष्ट पार्नुभएको

एमाले वाग्मती प्रदेश कमिटीले भक्तपुरमा आयोजना गरेको वाग्मतीका पार्टी अध्यक्ष तथा पार्टीबाटनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै महासचिवपोखरेलले यस्तो बताउनु भएको हो

उहाँले अहिले मोर्चा बनाउने वा वामपन्थी गठबन्धन बनाउनेसोचका साथ सत्ता परिवर्तनको काम नभएको बताउनुभयो

‘चर्चामा आए जस्तो अहिले नै समाजवादी मोर्चा बनाउने, वामपन्थी गठबन्धन निर्माण गर्ने भन्नेसोचबाट निर्देशित भएर हामीले यो कामहरू गरेको होइन, अहिले संसदमा रहेको वामपन्थी दलहरूमात्रै मिलेर वैकल्पिक सरकार दिन सक्ने अवस्था पनि छैन’, महासचिव पोखरेलले भन्नुभयो

वामपन्थी गठबन्धन वा समाजवादी मोर्चा जस्ता कुरा गर्न थालियो भने अर्को मोर्चा पनि तयार हुनसक्दछ भन्ने कुरा बुझ्नु पर्ने पोखरेलको भनाइ जे सच्चाई हो, त्यो सच्चाइलाई बुझेर नैप्रतिकूलतालाई अनुकूलतामा बदल्नु पर्दछ भन्ने मान्यता राख्यौँ, हामीले राखेका छौँ’, पोखरेललेभन्नुभयो

उहाँले सरकारलाई स्थिर बनाउन चार पार्टीसँग एकीकृत समाजवादीलाई पनि जोड्नु पर्छ भनेरमेहनतका साथ एकीकृत समाजवादी पार्टीलाई सरकारमा जोडेको बताउनुभयो अहिले यहीसमीकरणलाई सहज रूपमा अघि बढाउने हिसाबले काम गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो अहिलेको सहकार्य सरकार निर्माणको लागि मात्र भएको उहाँले स्पष्ट पार्नुभयो

एमालेको ध्यान अहिले पनि मिसन २०८४ मा नै केन्द्रित रहेको उहाँले बताउनुभयो एमालेलेभविष्यलाई हेरेरै अहिलेको सत्ता सहकार्य गरेको पोखरेलले प्रष्ट पार्नुभयो

अर्को प्रसङ्गमा पोखरेलले एमाले सत्ताबाट हटेपछि स्थानीय तहले पनि समस्या भोग्नु परेकोबताउनुभयो गएका दुई वर्ष स्थानीय तहले बजेट कटौतीको मार खेप्नु परेको कारण विकासका कामप्रभावित भएको उहाँले सुनाउनुभयो त्यस्तो अवस्थामा जनतासँग कसरी जोडिने भन्ने कुरा थपचुनौतीपूर्ण बन्न पुगेको ’, उहाँले भन्नुभयो

पोखरेलले पूर्वाधारको कामले मात्र जनतासँगको सम्बन्ध घनिष्ठ बन्न नसक्ने बताउनुभयो स्थानीयतहले जनतामा जागरण ल्याउने आशा जगाउने काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो

हरेक चिज स्थानीय तहसँग जोडिने भएकोले त्यसलाई जति सहज बनाउन सक्यो त्यति नै स्थानीयतहका जनप्रतिनिधि लोकप्रिय हुने पोखरेलको धारणा वैकल्पिक स्रोत खोजेर नागरिकैबाट लिनेशुल्कलाई न्यून बनाउन उहाँले सल्लाह दिनुभयो

पोखरेलले पार्टी जनप्रतिनिधि बिच गहिरो सहकार्य हुनुपर्ने तर्फ पनि जनप्रतिनिधिको ध्यानाकर्षणगराउनुभयो जनप्रतिनिधिले पार्टीको सहयोग बिना सफल हुन सक्दिन भन्ने कुरामा सदैव ध्यानदिनु पर्ने उहाँले बताउनुभयो