janatatimes

१२ चैत्र २०८०, सोमबार ०७:४५

आज तराई क्षेत्रमा होली पर्व मनाइँदै


काठमाडौं, चैत १२ । तराई क्षेत्रका जिल्लामा आज सोमबार होली पर्व मनाइँदैछ ।

आईतबार पहाडी क्षेत्रमा धुमधामका साथ होली पर्व मनाइएको छ । होली परम्परागत रूपमा विभिन्न रंग र लोला खेली मनाउने गरिन्छ ।होली पर्वको अवसरमा सोमबार सरकारले तराईका जिल्लामा बिदा दिएको छ । तराईवासीको बसोबास रहेका काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होली मनाइँदैछ ।