जनता टाइम्स

१२ चैत्र २०८०, सोमबार २०:०२

माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनी वीक


काठमाडौं, चैत १२ । माछापुच्छ्रे बैंकले ग्लोबल मनी वीक २०२४ मनाएको छ ।

‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्यूचर’ भन्ने मूल नाराका साथ मार्च १८ तारिख देखि २४ तारिखसम्म ग्लोबल मनी वीक २०२४ अन्तर्गत बैंकले देशभरका आफ्ना शाखा कार्यालयहरू मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गरेको हो ।

बैंकले ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लबहरूसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरी ग्लोबल मनी वीक २०२४ भव्य रूपमा मनाएको जनाएको छ ।

सो अवधिमा बैंकले बैंकिङ्ग सम्बन्धी आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा पारिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकहरुले प्रदान गरिरहेका डिजिटल सेवाहरू, डिजिटल सेवाहरूको प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैर कानुनी रूपमा गरिने हुन्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा जानकारी दिइएको थियो ।

ग्लोबल मनी सप्ताह सन् २०१२ देखि प्रत्येक वर्षको मार्च महिनामा युवा तथा बालबालिकाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ । सोही अनुरूप युवा अवस्थादेखि पैसाको व्यवस्थापन गर्न सिक्न, भविष्यका लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पु¥याउने मद्दत गर्ने विश्वासका साथ हरेक वर्ष ग्लोबल मनी सप्ताह मनाउँदै आएको सो बैंकले जनाएको छ ।