जनता टाइम्स

९ आश्विन २०७६, बिहीबार ०७:४७

यस्तो छ आजको मौसम, अपनाउनोस सतर्कता


काठमाडौं, असोज ९ । मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको जनाएको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलवास्पयुक्त हावाको प्रभाव देखिएको कारण मनसुनी गतिविधि बढ्न सक्ने महाशाखाले जनाएको हो ।

हाल देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको भइरहेको र भने बाँकि भू–भागमा पनि वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आगामी २४ घण्टामा केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । साथै देशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । पहाडी भू–भागमा पहिरो जान सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । देशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शुक्रबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ । एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । शुक्रबार राति देशभर बदली रही पूर्व, मध्य तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । शनिबार राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।