जनकपुर, असोज ९ । जनकपुरमा डकैती गर्दागर्दै ४ जना डाँकु पक्राउ परेका छन् । विहीवार बिहान करिब साढ़े तीन बजे जनकपुरधाम उपमहानगरपालिकाको छेउमा रहेको जानकी फर्निसिङमा डकैती गर्दागर्दै गस्तिमा रहेको प्रहरीको टोलिलेउनिहरु पक्राउ गरेको हो । प्रहरी टोलीले फर्निसिङ पसल ताला फोडिरहेको अवस्थामा भेट्टाएको थियो।
पक्राउ पर्नेमा भारत बिहारको सीतामढ़ी ईस्लामपुर बस्ने मोहम्मद ईलियस, भारत बैरगिनियाका मुजिर अन्सारी, रौतहट वृन्दावन नगरपालिका रमौली बस्ने गगन पटेल र रौतहट गौरका विनोद प्रसाद सिंह रहेका छन् ।
डकैती गर्न आएका अन्य तीन जनाले उल्टै प्रहरीलाई कटुवा पेस्तोल देखाएर भाग्न खोजेपछि प्रहरीले जवाफमा तीन राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी ले जनाएको छ।
एसपी खनालले जनाए अनुसार प्रहरीले चलाएको गोली लागि एकजना डाँकु घाइते समेत भएका छन् ।
घाइते हुनेमा रौतहट गौरका विनोद प्रसाद सिंह छन् । उनको दुबै खुट्टामा गोली लागेको छ । सिंहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको एसपी खनालले बताए ।
प्रतिक्रिया दिनुहोस्