जनता टाइम्स

१३ चैत्र २०८०, मंगलवार १८:५६

वीरेन्द्रनगरमा एक महिलाको शव फेला


सुर्खेत, १३ चैत । सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिलाको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१, को बांगेसिम प्रहरी बिट भन्दा एक किलोमिटरको दुरीमा सुख्खा खोलामा उक्त शव फेला परेको हो । उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ ।

ती महिलाको शव सडिसकेको अवस्थामा फेला परेको बांगेसिमल प्रहरीले जनाएको छ । स्थानीय महिलाहरूले घाँस काट्न गएको बेला शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए। लामो कपाल र कुर्ताबाट महिला हो भन्ने थाह भएको घटनाको अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।