धनगढी, १३ चैत । कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१० का २२ वर्षीय तेजबहादुर बोहरा लागुऔषधसहित पक्राउ परेका हुन् ।
धनगढी उपमहानगरपालिका–३ बाट उनी ५० मिलिग्राम ब्राउनसुगर र ९६ क्याप्सुल प्रिगाबा र १० क्याप्सुल एभिनसहित पक्राउ परेका छन् । प्रहरी चौकी, त्रिनगरको टोलीले बोहरालाई पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्