जनता टाइम्स

१३ चैत्र २०८०, मंगलवार १९:०८

केजरीवालले जेलबाट सरकार चलाएपछि मुद्दा दायर


काठमाडौं, १३ चैत । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जेलबाट सरकार चलाउन थालेपछि त्यसलाई रोक्न मुद्धा दायर गरिएको छ । प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहँदा पदीय हैसियतले कुनै पनि आदेश जारी गर्न नपाइने भन्दै त्यसलाई रोक्न दिल्ली उच्च अदालतमा मुद्दा दायर भएको हो ।

मुद्दामा केजरीवालाई हिरासतमा रहँदा टाइपिस्ट, कम्यूटर, प्रिन्टर आदि प्रदान नगर्नका साथै उनले जारी गरेका आदेश कसरी दिल्लीका मन्त्रीसँग पुगेको विषय समेत अनुसन्धान गर्न माग गरिएको छ ।

निवेदक सुरजित सिंह यादवले अधिवक्ताद्वय शशि रञ्जन कुमार सिंह र महेश कुमारमार्फत केजरीवालले जेलबाट मुख्यमन्त्रीको हैसियतले निर्देशन र आदेशहरू जारी गर्न नपाइने उल्लेख गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।