जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार १३:१०

केजरीवाल पक्राउ बारे अमेरिकाको टिप्पणी


काठमाडौं, १४ चैत । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी बारे अमेरिकाले टिप्पणी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले मुख्यमन्त्री केजरीवालको विषयमा निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाको अपेक्षा गरेको बताउनुभएको छ । यसअघि जर्मनीले पनि दिल्लीका मुख्यमन्त्रीलाई निष्पक्ष सुनुवाइका लागि अपील गरेको थियो । त्यसपछि भारतले जर्मन दूतावासका उपप्रमुखलाई बोलाएको थियो ।

जर्मन विदेश मन्त्रालयका प्रवक्ताको भनाइलाई भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै भारतले कडा आपत्ति जनाएको थियो । केजरिवाल दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा हाल प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका छन् । आम निर्वाचन अघि केजरीवाललाई पक्राउ गरिएको भन्दै सरकारको आलोचना भइरहेका बेला जर्मनी र अमेरिकाले यस विषयमा टिप्पणी गरेका छन् ।