जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार ०९:३४

१४ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले बाग्मतीको बैठक : संस्थागत भ्रष्टाचारको छानविनसहित जनतामा भरोसा जगाउने संकल्प साकार पार्न सरकारमाथि दवाव (पूर्णपाठ)


काठमाडौं, चैत १५ । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक १४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । प्रदेश अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षतामा बसेको बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै सकिएको हो ।

बैठकको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । बैठकमा महासचिव शंकर पोखरेलले बाग्मती प्रदेशमा अहिले पार्टी निर्माणको सन्दर्भमा गर्नुपर्ने कामको बिषयमा प्रशिक्षण दिनुभएको थियो । बैठकले आफ्नो पहिलो प्रस्तावमै जनतासँग गरिएको प्रतिवद्धता पूरा गर्न सरकारसँग माग गरेको छ ।

‘जनतामा छाएको निरासालाई चिर्दै भरोसा जगाउने बर्तमान संयुक्त सरकारले लिएको जुन संकल्प छ, त्यसलाई साकार पार्न बैठक जोडदार माग गर्दछ,’ बैठकबाट पारित प्रस्तावको पहिलो बुँदामा भनिएको छ । यसैगरी बैठकले संस्थागत भ्रष्टाचार, बेथिती अन्त्य गरी सुशासन कायम गर्न सरकारसँग जोडदार माग गरेको छ ।

 

प्रचार बिभाग प्रमुख भक्तकुमारी लामाले दिनुभएको जानकारीअनुसार बैठकले रुस र युक्रेनबीचको युद्धले नेपाली युवाहरुको ज्यान समेत गइरहेकोले युद्धग्रस्त देशहरुमा नेपाली युवाहरुलाई जानबाट रोक लगाउन, गइसकेका युवाहरुलाई अबिलम्ब फिर्ता गर्न, बेपत्ता युवाहरुको खोजी गर्न र युद्धमा ज्यान गुमाएकाहरुको परिवारलाई क्षतीपुर्ति प्रदान गर्न पनि माग गरेको छ । यस्तै बैठकले युवा पलायन रोक्ननेपाल सरकारले गुणसतरीय, ब्यावसायिक, प्राविधिक र उत्पादनमुखी शिक्षा प्रदान गर्न सरकारसँग जोडदार माग गरेको उपसचिव लामाले बताउनु भयो ।

बैठकले महंगी र कालाबजारी तत्काल नियन्त्रण गर्न, परम्परागत सीपलाई संरक्षण र स्व्देशी उप्तादनलाई प्रोस्ताहन गर्दै उक्त उत्पादनको प्रयोगमा बिशेष जोड दिन र गुणस्तरहीन बस्तुहरुको आयातमा रोक लगाउन सरकारसँग् जोडदार माग पनि गरेको छ ।