जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार १२:५१

सर्वोत्तम सिमेन्टको आईपीओमा ह्वात्तै बढ्यो बिक्रीचाप, एक घण्टामै १ लाख कित्ता कारोबार


काठमाडौं, चैत १५ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको सातौं कारोबार दिनमा आएर बिक्रीमा चाप आएको छ ।

आज एक घण्टाको अवधिमा कम्पनीको झण्डै १ लाख कित्ता सेयर कारोबारमा आएको हो । नेप्सेका अनुसार बिहीबार पहिलो एक घण्टा अवधिमा कम्पनीको ९८ हजार २७८ कित्ता सेयर २ हजार ८७ ओटा कारोबारबाट १० करोड ६४ लाख २३ हजार ४१४ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यसअनुसार आज औसत १०८२ रुपैयाँ ८९ पैसामा कम्पनीको सेयर कारोबार भएको देखिन्छ । यसअघि ६ दिनमा २ हजार ३०९ ओटा कारोबार सङ्ख्या मार्फत ९० हजार ६१६ कित्ता सेयर ७ करोड ८५ लाख ७६ हजार ५८७ रुपैयाँ ४० पैसामा खरिद बिक्री भएको थियो ।

 

पछिल्ला ६ दिनभन्दा सातौं दिनको एक घण्टाको कारोबार धेरै भएको हो । कारोबार खुलेको पहिलो दिन चैत ६ गते मंगलबार २४४२ कित्ता कारोबार भएको कम्पनीको सेयर बुधबार २२५६, बिहीबार ७३०५, सोमबार २६ हजार ८८५ कित्ता, मंगलबार २८ हजार ७५३ कित्ता र बुधबार २२ हजार ८८५ कित्ता सेयर कारोबार भएको छ ।

यसरी ६ दिनमा ९० हजार ६१६ कित्ता सेयर कारोबार भएकोमा बिहीबार एक घण्टामा नै ९८ हजार २७८ कित्ता कारोबार भई कम्पनीको सेयरमा बिक्री चाप बढेको हो ।