जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार १५:४७

नेप्सेमा सामान्य बृद्धि


काठमाडौं, १५ चैत । आज नेप्से परिसूचक ४.७८ अंकले बढेको छ । अघिल्लो कारोबार दिन बुधबार १०.८३ अंकले घटेको नेप्से आज भने ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा कारोबार रोकिएको छ । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले घटेर ३५९.०९ विन्दुमा रहेको छ । आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता खरिदबिक्री हुदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रुपैयाँमा बराबरको कारोबार भएको छ ।

आज एउटामात्रै कम्पनी हिमालयन उर्जा विकासको सेयरमा सकारात्मक सर्किट लागेको थियो ।

यसैगरी आज सर्वोत्तम सिमेन्टको ९.९६, हिमालयन हाइड्रोपावरको ८.७३, सामलिङ पावरको ८.०७ र पिपुल्स पावरको ७.४४ प्रतिशतले सेयर मूल्य बढेको छ । कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्टको सबैभन्दा बढी १९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै गोर्खाज फाइनान्सको १६ करोड, शिवम् सिमेन्टको १५ करोड, सोनापुरको ११ करोड, पिपुल्स पावरको ७ करोडको सेयर कारोबार भएको थियो ।