जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार १६:५५

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो


सुर्खेत, १५ चैत । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ । उहाँको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको हो ।

पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएपछि इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थल तर्फ गएको छ । शाही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता हुनुभएको थियो । उहाँसँगै अन्य १६ जनाले पुलबाट हाम फालेका थिए ।