जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार २०:५२

कञ्चनपुरमा श्रीमान‍्ले गरे श्रीमतीको हत्या


कञ्चनपुर, १५ चैत । कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ सालघारीका ३४ वर्षीय बलराम थारु आफ्नै श्रीमती २४ वर्षीया आशिका चौधरीको हत्या गरेको आरोपमा आज दिउँसो पक्राउ परेका परेका हुन् ।

बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरीबिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाकाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले बताउनुभयो ।