जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार १२:२५

बिगत ४ दिन हराइरहेका बालकको शव नारायणी नदीमा फेला


चितवन, १६ चैत । चार दिन देखी हराइरहेका बालकको शव नारायणी नदीमा फेला परेको छ । गत सोमबारदेखी हराइएका १२ वर्षीय बालकको शव चार दिन पछि नारायणी नदीमा फेला हो । भरतपुर महानगरपालिका–११, होपचोक बस्ने वर्ष १२ का मनोज श्रेष्ठ आईतबार देखि हराएको थिए, उनी हराए पछि परिवारले प्रहरीमा खबर गरे पनि तीन दिनसम्म फेला परेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम् प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार बिगत ४ दिन देखी हराइरहेका बालकको शव बिहीबार भरतपुर महानगरपालिका–१६, ज्ञानेश्वर सामुदायिक वन पछाडि नारायणी नदीको किनारमा फेला परेको हो । बालकको आफन्त समेतको उपस्थितिमा शवको सनाखत भएको हो । सो बारेमा थप अनुसन्धान भइरहेको छ ।