जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार १३:२६

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलाकै पुग्यो १ लाख ३० हजार


काठमाडौं, चैत १६ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

आज प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य १ लाख ३० हजार रुपैयाँ पुगेको हो।

संघका अनुसार यसअघि बिहीबार एक तोला सुनको मूल्य १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। यस्तै सुनको मूल्य बढेसँगै चाँदीको पनि बढेको छ। प्रतितोला चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ।