धनगढी,१६ चैत । दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर एक जना वडा सचिवको मृत्यु भएको छ । प्रहरीका अनुसार गाउँपालिकाको केन्द्र पस्तीबाट डाँडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको मृत्यु भएको हो ।
उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। घटना बिहीबार भएकोमा प्रहरीले आज जानकारी पाएको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्