जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार १७:५४

अर्थमन्त्री पुनद्वारा बजेट लेखन समिति गठन


काठमाडौं, १६ चैत । अर्थमन्त्री वर्षमान पुन अनन्तले बजेट मस्यौदा लेखन समिति गठन गर्नुभएको छ । मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट वक्तव्य लेखनका लागि आज समिति गठनको निर्णय गर्नुभएको हो ।

सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य हुनुहुन्छ ।

शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत हुनुहुन्छ भने शर्मा आन्तरिक राजश्व कार्यालयमा उपमहानिर्देशक हुनुहुन्छ । समिति संयोजक शर्माले भोली नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिनुभयो । विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने शर्माको भनाइ थियो ।