जनता टाइम्स

१६ चैत्र २०८०, शुक्रबार १९:४९

एभरेष्ट बैंकको ग्लोबल मनी वीक कार्यक्रम सम्पन्न


काठमाडौं, चैत १६ । नेपाल राष्ट बैंकको संयोजनमा बिगत वर्षहरुमा जस्तै यस वर्ष पनि एभरेष्ट बेैंकले सप्ताव्यापी अभियानअन्तर्गत ग्वोबल मनी वीक २०२४ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

उक्तकार्यक्रमअन्तर्गतबैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विधार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गराएको छ । प्रफेक्ट योर मनी, सेक्योर योस फ्यूचर भन्ने

नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरmले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीक विषयमा सचेतना गराइएको बैंकले जनाएको छ ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुबिधा प्रदान गर्दै आइरहेको छ । सो बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।