जनकपुरधाम, १७ चैत । धनुषाको धनुषाधामस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांक सरसफाइ गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु भएको छ । सफा गर्न सेफ्टी ट्यांकमा पसेका स्थानीय अन्दाजी ४५ वर्षीय ठेकु मल्लिक (डोम) को निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय विनय यादवका अनुसार नगरपालिकाले तलबभत्ता नतोकेपछि काम छाडेका ठेकु आज काममा जानुभएको थियो । उहाँको मृत्यु भएको खबर आएपछि मात्रै परिवारले ठेकु काममा गएको जानकारी पाएको विनयले बताउनुभयो । प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्