जनता टाइम्स

१८ चैत्र २०८०, आईतवार १३:४५

मोटरसाइकल एक आपसमा ठोक्किँदा रौतहटमा २५ बर्षीय युवकको मृत्यु


रौतहट, १८ चैत । आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोकिदा एकजनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन ।

आज बिहान रौतहटको परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाकोबिचमा दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप्प उपचारका लागि बिरगंज पठाइएको थियो तर उपचारको क्रममा उहाँको निधन भएको प्रहरीले जनाएको छ ।