पोखरा, १८ चैत । पोखराको भदौरेमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो ।
हालसम्म नौ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार केहीको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते भएकाहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्