जनता टाइम्स

१९ चैत्र २०८०, सोमबार १४:१८

सुनको भाउले फेरी तोड्यो नयाँ रेकर्ड, यस्तो छ आजको भााउ


काठमाडौं, चैत १९ । सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ आज प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको हो । आज छापावाल सुनको भाउ १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज सोमबार फेरी नयाँ रेकर्ड राख्न सफल भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।