चितवन, चैत १९ । नेतृत्व चयनको बिषयलाई लिएर आफ्नै समुहबीच लफडा भएको छ । लफडा गरेर आफ्नै कुल बंशको इज्जतमा कालो पोत्नेमा भट्टराई परेका हुन ।
भट्टराईको कुल वंश प्रतिष्ठानको महाधिवेशनमा नेतृत्वको बिषयलाई लिएर विवाद चर्कदा हात हालाहात भएको छ । सो दृष्य सामाजिक सञ्जालमा छाएपछि आफ्नै कुलको बेइज्जत गर्नेमा भट्टराई कहिलएको हो । भट्टराईको कुल बंशको महाधिवेशनका क्रममा मञ्चमै भट्टराई बन्धुहरुबीच एकआपसमा हात हालाहाल भएको हो ।
प्रतिष्ठानको महाधिवेशन गत शुक्रवार र शनिवार चितवनस्थित देवघाटमा आयोजना भएको थियो । घटना बिवरणअनुसार महाधिवेशनबाट अध्यक्षमा निवर्तमान अध्यक्ष दमक निवासी शेरबहादुर भट्टराईले दोहोर्याउने चाहना राख्नुभयो । उहाँलाई सुनसरीका दिनेशप्रसाद भट्टराईले चुनौती दिई अध्यक्षमा दाबी गर्नुभयो ।
महाधिवेशनमा बनाइएको आचारसंहिता र निर्वाचन बिधिअनुसार अध्यक्ष, सहअध्यक्ष, उपाध्यक्षसहित १४ पदाधिकारीसहितका इच्छुक भट्टराई बन्धुहरूले लिखित आकांक्षा व्यक्त गरेका थिए । आकांक्षीको सुची संकलन गरेर निर्वाचन गराउने जिम्मेवारी युवराज भट्टराईको नेतृत्वमा रहेको निर्वाचनको समितिलाई दिइएको थियो ।
तर १७ गते निर्वाचन मण्डलले लिखित आकांक्षा लिइसकेपछि नयाँ कार्यसमिति घोषणाअघि सातै प्रदेश संयोजकहरूसँग छलफल गरी सर्वसम्मत गराउने प्रयाश अघि बढायो । उक्त समिति घोषणाअघि छलफल हुँदाहुँदै निर्वाचन मण्डलले शेरबहादुरकै नेतृत्वमा तीन वर्षको कार्यसमिति प्रस्ताव गरेको थियो ।
सो प्रस्तावलगत्तै सुनसरीका दिनेश र दमकका दुर्गा भट्टराईलगायतले भौतिक रुपमै प्रतिवाद गर्नुभएको हो । प्रतिवादको क्रममा उहाँहरुको समुहले मञ्चमै चढेर निर्वाचन मण्डलका संयोजकको हातमा रहेको कागज थुतेर च्यातचुत पारिदिएका थिए । सो घटनापछि दुई पक्षबीच हात हालाहाल भएको हो । कुटाकुट भएपछि शेरबहादुरलाई अध्यक्ष घोषणा गरेर निर्वाचन मण्डलका संयोजक तथा सदस्यहरु टाप कसेका छन ।
प्रतिक्रिया दिनुहोस्