जनता टाइम्स

९ आश्विन २०७६, बिहीबार १६:३८

तेल प्रशोधन उद्योगमा आक्रमण भएपछि आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको साउदी अरबको दाबी


साउदी, असोज ९

केही समयअघि आफ्नो तेल प्रशोधन उद्योगमा आक्रमण भएपछि साउदी अरबले त्यसको प्रतिउत्तरमा आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ । तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका प्रवक्ता अदेल अल जुबैरले बताउनुभएको छ ।

अमेरिका र साउदी अरबले ती आक्रमणमा इरानको संलग्नता भएको दाबी गर्दै आएका छन । साउदी अरबमा उत्पादन हुने करिब आधा जति नै प्रभावित हुनेगरी भएका आक्रमणमा इरानको संलग्नताबाहेक अरू विश्वसनीय आधार नदेखिएको यी दुई देशले बताएका छन् ।