जनता टाइम्स

२० चैत्र २०८०, मंगलवार १७:५६

‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्बजनिक


काठमाडौं, २० चैत । साउथ अभिनेता अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्बजनिक भएको छ । निर्माण पक्षले फिल्मको पोस्टरसँगै टिजरको रिलिज मिति समेत सार्वजनिक गरेको छ ।

अल्लु अर्जुनको जन्मदिनमा निर्माण पक्षले यो फिल्मको टिजर रिलिज गर्नेछ । साउथ सुपरस्टार अल्लु अर्जुनले ८ अप्रिलमा आफ्नो ४२औं जन्मदिन मनाउने भएका छन् ।

यस अवसरलाई विशेष बनाउन पुष्प २ को टिमले फिल्मको दोस्रो टिजर रिलिज गर्न लागेको हो । यो फिल्म आगामी अगस्त १५ मा रिलिज हुदै छ । यसअघि पुष्पा–द राइज २०२१ मा रिलिज भएको थियो । यो फिल्मले भारतीय बक्स अफिसमा बम्पर कमाई गरेको थियो ।