जनता टाइम्स

२१ चैत्र २०८०, बुधबार १४:४१

शिक्षामन्त्री श्रेष्ठको प्रश्न – विद्यार्थीलाई राजनीति मात्र सिकाउने की काम गर्न पनि सिकाउने ?


काठमाडौं, २१ चैत । शिक्षामन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी भर्ना गर्ने योजना बारे संसदमा स्पष्ट गर्नुभएको छ । मन्त्री श्रेष्ठले सुशासन ऐनमा टेकेर प्रशिक्षार्थी भर्ना गर्ने कार्यविधि बनाएको बताउँदै युवा विद्यार्थीहरुलाई काम गर्न सिकाउन यो व्यवस्था गरेको बताउनुभएको हो । के विद्यार्थीले राजनीति मात्र सिक्ने भन्ने प्रश्न गर्दै शिक्षामन्त्री श्रेष्ठले विद्यार्थीलाई काम गर्न सिकाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले आवश्यकता र विद्यार्थीको रुची अनुसार, गोप्य सूचनामा पहुँच नहुने गरि राज्यलाई अतिरक्त भार नपरी, मापदण्ड बनाएर कर्मचारीकै नेतृत्वमा संचालन गरिने बताउनुभयो । साथै मन्त्री श्रेष्ठले विद्यार्थीलाई न्याय हुने कुरामा राजनीति नगर्न समेत आग्रह गर्नुभयो । उहाँले संसदमा सांसदहरुले उठाएका शिक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ समेत दिनुभएको थियो ।