जनता टाइम्स

२२ चैत्र २०८०, बिहीबार १२:१४

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै महँगो


काठमाडौं, चैत २२ । नेपाली बजारमा सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले सुनको भाउ बढेको छ । आन छापावाल सुनको भाउ प्रतितोला १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार पनि सुनको मुल्यमा रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ३२ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदी पनि प्रतितोला ४० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १६ सय ५० रुपैयाँ कारोबार भइरहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १६ सय १० रुपैयाँ कायम रहेको थियो ।