जनता टाइम्स

२२ चैत्र २०८०, बिहीबार २१:१५

एमाले सल्यानको अध्यक्षमा सेन बिजयी, पदाधिकारी पनि सवै सेन प्यानलकै निर्वाचित


सल्यान, चैत २२ । नेकपा एमाले सल्यानको अध्यक्षमा भीमबहादुर सेन बिजयी हुनुभएको छ । गत आइतबारदेखि सुरु भएको दशौं जिल्ला अधिवेशन अन्तर्गत बिहीवार भएको मतदानबाट १८२ मत प्राप्त गर्दै सेन जिल्ला कमिटी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

सेनका प्रतिस्पर्धी कुलबहादुर गिरीले १३९ मत प्राप्त गर्नुभएको छ । उहाँ ४३ मतान्तरले सेनसँग पराजित हुनुभएको हो । अन्य पदाधिकारी पनि सबै सेन प्यानलका नै बिजयी भएका छन ।

जिल्ला निर्वाचन कमिटीले सार्वजनिक गरेको मत परिणाम अनुसार उपाध्यक्षमा ओजबहादुर बुढाथोकी १९३ मत प्राप्त गरेर बिजयी हुनुभएको छ । सचिवमा पुष्पा बोहराले १७३, उपसचिवमा गणेशमान सिंहले १८० र उपसचिव महिलामा सनशिलता वली डिसी १७३ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।

 

उहाँहरुका निकटतम प्रतिस्पर्धी उपाध्यक्ष पदका उम्मेदवार दानबहादुर केसीले १२७, सचिव पदका उम्मेद्वार दिपेन्द्र डिसीले १४३, उपसचिवका उम्मेद्वार गन्जमान बुढाले ११३ र उपसचिव महिला उम्मेदवार बुद्ध कुमारी खत्री केसीले १४१ मत प्राप्त गरेको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पर्शुराम वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला कमिटीका सदस्य लगायतका पदमा ५८ जना निर्विरोध भएका छन । २५ पदका लागि ४६ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । जिल्ला निर्वाचन कार्यविधी अनुसार एमाले सल्यानको ७५ सदस्यीय जिल्ला कमिटी र ७ सदस्यीय लेखा आयोग गठन हुनेछ ।