जनता टाइम्स

२३ चैत्र २०८०, शुक्रबार ०९:२७

बढुवाको मुख्य मापदण्ड असुली, काबिल अधिकृतका थपिएन फूली


गृहमन्त्री र आइजीपीको असुली धन्दाले सीमा नाघ्यो : डिएसपी बढुवामा पनि चरम बदमासी, कारबाही भोगेकाहरुकै हालिमुहाली

काठमाडौं, चैत २३ । नेपाल प्रहरीमा गरिएको प्रहरी उपरीक्षक (एसपी) बढुवापछि भएको प्रहरी नायव उपरीक्षक (डिएसपी) बढुवा पनि चरम बदमासी र पक्षपात गरिएको तथ्य उजागर भएको छ ।

डिएसपीको बढुवाले त उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने र प्रहरी महानिरीक्षक (आइजीपी) बशन्तबहादुर कुँवरको असुली धन्दाको सीमा नाघेको तथ्यलाई छताछुल्ल पारिदिएको छ ।एसपी बढुवामा वरियता मिचिएको थियो भने डिएसपी बढुवामा त विभागीय कारबाही भोगेकाहरुलाई छानीछानी प्राथमिकतामा राखेर मूलयांकणको आधार असुली बनाइएको छ ।

बढुवा सिफारिशको सूची हेर्दा कारवाहीमा परेकाहरुको छानीछानी पुरस्कृत गरिएको छ । बिहीबार मध्यराती प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई डिएसपीमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार गृहमन्त्री लामिछाने र प्रहरी महानिरीक्षक कुँवरबीच बढुवा सूचीमा लामो छलफलपछि कार्वाहीमा परेकालाई तान्ने सहमति भई बढुवा समितिको बैठकको नाममा सूची सार्वजनिक गरिएको छ ।

जसमा हालसम्म बढुवामा असुली बिभागको सूची लागू गरिएको हो । काममा अब्बल रहेका र कार्वाहीमा नपरेको इन्सपेक्टरले गृह मन्त्रालय र प्रहरी महानिरीक्षकको सचिवालय मापतह रहेको असुली बिभागलाई रकम नबुझाएका कारण बुझाउनेहरुलाई प्राथमिकतामा राखिएको स्रोतको भनाई छ ।

यसरी प्राथमिकता निर्धारण गर्दा बढुवा सिफारिसमा परेका थुप्रै कार्वाहीमा परेर ग्रेड र बढुवा रोक्का भएकाहरु परेका हुन । बढुवामा परेकामध्ये इक्सपेक्टर लक्ष्मण ओली, भिषणबाबु राई, ऋषिराम घर्तीमगर, रणबहादुर चन्दलगायत एक दर्जन इन्सपेक्टर कारबाही परेका अधिकृत रहेका छन । राई दरबारमार्ग हुँदा कार्वाहीमा पर्नुभएको थियो भने घर्तीमगर नागढुंगामा कार्यरत रहँदा कारबाहीमा पर्नुभएको हो ।

यसैगरी चन्द र ओलीलाई पनि नसियत दिएकोमा बढुवामा पर्न सफल भएका हुन । ९८ प्रतिस्पर्धीमध्येबाट १९ जनाको बढुवा भएको छ । जसमा शक्तिकेन्द्र र आर्थिक चलखेल हावी भएको हो ।बढुवामा बढुवा समितिका सदस्यसचिव रहनुभएका एआइजी टेकप्रसाद राईले ६० नम्बर माथि तानेर ८९ नम्बरमा रहेका राजन लामालाई डिएसपी बनाउनु भएको छ । एआइजी राईका पिए भएकै आधारमा लामा बढुवामा पर्न सफल भएका छन ।

लामाले इन्सपेक्टरको आधारभुत तालिम समेत दुई वर्षपछि मात्र गर्नुभएको थियो । बढुवामा परेका कमल खडका त ९५ नम्बरमा हुनुहुन्थ्यो । उहाँ वैकल्पिकबाट पछि भर्ना भएका इन्सपेक्टर हुनुहुन्छ । खडकाले नेपाल प्रहरी र सरकारलबिरुद्ध मुद्दा हालेर भर्ना हुनुभएको थियो । तर गृहमन्त्री रबि लामिछाने र प्रहरी महानिरीक्षक कुँवरले सुशासन कायम गर्न खडा गर्नुभएको असुली बिभागको मूल्यांकनमा अब्बल बन्न पुग्नुभएको हो ।

बढुवामा गृहमन्त्री रबिका असुली बिभागका मुख्य सदस्य दीपक बोहराले राम्रै चलखेल गर्नुभएको छ । उहाँले शैलेश्वरी बोहरादेखि अन्य थुप्रैलाई डोरी लगाएर तान्नुभएको छ । यो पनि असुली बिभागकै मुल्यांकन रहेको हो ।

डिएसपीमा १९ पदमा बढुवाका लागि ९८ इन्सपेक्टर प्रतिस्पर्धी थिए । बढुवाका लागि वरियताअनुसार टप टेनमा आयुश प्रसाद जोशी, दिपक मल्ल, धनबहादुर बोहरा, ऋषिराम घर्तीमगर, लक्ष्मण ओली, इन्द्रजित इटनी, प्रताप पौडेल, बोधराज रेग्मी र बीरदत्त पन्त रहनुभएको थियो ।

त्यसपछि टेकेन्द्र शर्मा पौडेल, गंगाबहादुर सारु, टेकबहादुर जोरा, प्रविण कार्की, रमेश दत्त अवस्थी, जर्नादन घिमिरे,गुणराज बुढाथोकी, चन्द्र कुमार सिंह, पुरुषोत्तम कार्की र हिरेन्द्र बहादुर रोकाया टप १९ भित्र पर्नुभएको थियो । तर उनीहरु नै छुटेका छन ।

१९ जनापछिको बरियतामा भिषणबाबु राई, राजु खत्री, हिमबहादुर खत्री, मधु नेपाल, मोहनजंग बुढाथापा, चक्र बहादुर डम्बरपाल, अनिलराज गिरी, निर्मल पनेरु, सुरेन्द्र प्रसाद जोशी, पवन्द्र बहादुर बम, गणेश सापकोठा, आशिष अधिकारी, शंकर प्रसाद आचार्य, बसन्त गौतम, राजन रायमाझी, पञ्जलाल गोले रहनुभएको थियो ।

त्यस्तै, रुकबहादुर खड्का, जनक पुरी, लोकबहादुर जिसी, केदारमान दोङ, केशवराज ज्ञवाली, दिपक सुवेदी, रणबहादुर चन्द, पुष्कर बोगटी, चन्द्रभुषण यदब बसन्त पाण्डे, रामप्रसाद तिमल्सिना, प्रसन्नराज चौधरी, योगेन्द्र तिमल्सिना, विष्णु प्रसाद बस्याल पनि रहनुभएको थियो ।

डिएसपीबाट एसपी र इन्स्पेक्टरबाट डिएस्पीमा बढुवा गर्दा गृहमन्त्री लामिछाने र आइजीपी सिंहले गर्नुभएको हर्कत भोगेका प्रहरी अधिकृतहरु ‘असुली कला होस त हाम्रा आइजीपी बशन्त साप र गृहमन्त्री रबिको जस्तो’ भन्दै योग्यताको उच्च प्रसंशा गर्न थालेका छन ।

इन्सपेक्टरहरू शिला थापा, नविन पौडेल, सुरेश गौतम, भिमबहादुर खड्का, रामचन्द्र तिवारी, मिलन बस्नेत, यमलाल बन्जाडे, गुरु प्रसाद तिम्सिना, खुमानन्द पाण्डे, दिवशबहादुर जिसी, राजेन्द्र कुमार उपाध्याय, हरि बहादुर बिसी, गणेशचन्द्र कोइराला, बिक्रम लामा, मोह प्रकाश चौधरी, पदमराज थापा, राज कुमार सिंह पनि प्रतिस्पर्धामा रहनुभएको थियो ।

यस्तै गोपीकृष्ण सुवेदी, नवराज न्यौपाने, देवेन्द्र कुमार मल्ल, दिपक पातली, शैलेन्द्र न्यौपाने, शैलेन्द्र कुमार भट्ट, योगराज खतिवडा, डम्बर बहादुर पुरी, शैलेश्वरी बोहरा, सरोज राई, लोकेन्द्रसिंह गुरु, हिरासिंह महरा, सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे, हस्तबहादुर सुनार, गोविन्द रावल, सुवास भट्टराई, देवेन्द्र बहादुर शाह, नरेशराज मल्ल, हिमा थोकर, राजिव श्रेष्ठ, राजन लामा रहनुभएको थियो ।

अन्तिम सूचिमा भाष्कर खतिवडा, सुरज बहादुर खड्का, कृष्ण प्रसाद विष्ट, अनिल पण्डित, मदन थापा, कमल बहादुर खड्का, वकिल बहादुर सिंह, हरिबहादुर बस्नेत र शंकर खड्का रहनुभएको थियो । तर त्यही सूचीका खडकालेसवैलाई माथ गरिदिनुभएको छ ।

गृहमन्त्री रबि र आइजीपी कुँवरले आफ्नो हात जगन्नाथको शैलीमा अयोग्यलाई माथि तानेर योग्यमाथि लात हान्नुभएको हो । हाल बढुवामा परेका र नपरेका सवै २०७० चैत ९ गते इन्सपेक्टरमा भर्ना भएका अधिकृतहरु हुन ।

डिएसपीबाट एसपी र इन्स्पेक्टरबाट डिएस्पीमा बढुवा गर्दा गृहमन्त्री लामिछाने र आइजीपी सिंहले गर्नुभएको हर्कत भोगेका प्रहरी अधिकृतहरु ‘असुली कला होस त हाम्रा आइजीपी बशन्त साप र गृहमन्त्री रबिको जस्तो’ भन्दै योग्यताको उच्च प्रसंशा गर्न थालेका छन ।