इलाम, चैत २३ । आगामी बैशाख १५ गते हुन गइरहेको इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउने उदघोषसहित सत्तारुढ दुई ठूला दलबीच सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिलाई इलाम जिल्लाले आज कार्यान्वयनमा लगेको हो ।
दुवै दलका साझा उम्मेदवार सुहाङलाई बनाउने गरी आज इलाममा एमाले अध्यक्ष महेश बस्नेत र माओवादीका संयोजक बिजय खम्बुले हस्ताक्षर गर्नुभएको छ । दुवै नेताले सुहाङलाई बिजयी बनाउन अपिल समेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्