इलाम, चैत २४ । प्रवासमा रहेका नेपालीहरुले इलाम क्षेत्र नम्बर युवा उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउने अभियान सुरु गरेको छ ।
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको बिशेष पहलकदमीमा मञ्चका उपसचिव चानक पोखरेल निर्वाचन क्षेत्रमै पुगेर बस्तुगत अवस्थाको मुल्यांकणसहित प्रवासबाट समेत सुहाङ जिताउने अभियान अघि बढाइएको हो ।
प्रवासमा रहेका नेपालीहरुले सुहाङ बिजयी बन्दा नेपालको राजनीतिप्रति युवा पुस्तामा देखिएको बितृष्ण हटाउन सक्ने बिश्लेषणसहित अभियान अघि बढाइएको अध्यक्ष थापाले बताउनु भयो ।
‘सवैले युवालाई अवसर दिनुपर्यो भन्ने नारा दिए तर ब्यवहारमा कसैले पनि लागू गरेनन, एमालेले यसपटक साँच्चीकै युवा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ, सुहाङको जीतले नेपालदेखि प्रवासमा रहेका सवै नेपाली युवाहरुको भविश्य निर्धारण गर्छ,’ अध्यक्ष थापाले भन्नुभयो ।
यस्तै इलाम २ मै रहनुभएका उपसचिव चानक पोखरेलले प्रवासी नेपाली सुहाङ जिताउने अभियानमा जुटिसकेको जानकारी दिनुभयो । आगामी बैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि इलाम २ मा आज उम्मेद्वारी मनोनयन हुँदैछ । उम्मेदवारी मनोनयन अगावै मञ्चका उपसचिव पोखरेल शुक्रवार नै इलाम पुगिसक्नु भएको छ ।
‘सुहाङ युवा मात्रै होइन, प्रवासको पनि समस्या बुझेको र कानूनमा राम्रो ज्ञान भएको ब्यक्ति हुनुहुँदो रहेछ, अहिलेसम्म पार्टीको तर्फबाट उम्मेदवार बनाएको मध्ये उहाँ सवैभन्दा कान्छो उम्मेदवार पनि हो । हामी नयाँ पुस्तालाई नेपालमै टिकाउन र राजनीतिप्रति आकर्षित गर्न पनि उहाँलाई जिताउनु पर्छ भन्ने निश्कर्षसहित अभियानमा लागेका हौं,’ प्रवासी नेपाली मञ्चका उपसचिव पोखरेलले भन्नुभयो ।
यो अभियानमा गैर आवासीय नेपाली संघको अभियानमा निरन्तर लागिपरेका नेताहरु पनि सहभागी हुन थालेको पोखरेलले जानकारी दिनुभयो । यही क्रममा गैर आवासीय नेपाली संघका नेता सचिव राजेन्द्रकुमार (आरके) शर्माले राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर सुहाङ नेम्वाङ जिताउने अभियानमा जोडिनुभएको पोखरेलले जानकारी दिनुभयो ।
सवैले युवालाई अवसर दिनुपर्यो भन्ने नारा दिए तर ब्यवहारमा कसैले पनि लागू गरेनन, एमालेले यसपटक साँच्चीकै युवा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ, सुहाङको जीतले नेपालदेखि प्रवासमा रहेका सवै नेपाली युवाहरुको भविश्य निर्धारण गर्छ
कतारका स्थापित ब्यवसायीसमेत रहनुभएका एनआरएनएका सचिव शर्माले एक लाख रुपैयाँ टोकन मनी उपलब्ध गराएर सूर्यध्वजाबहाक उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउने अभियानमा जोडिनुभएको हो ।
शर्माले नेकपा एमालेकी स्थायी कमिटी सदस्य एवं इलाम इञ्चार्ज डा. शिबमाया तुम्बाहाङ्फेलाई सो रकम उपलब्ध गराउनु भएको छ । ‘सुहाङलाइ जिताउन बिदेशमा रहेका सवै गैर आवासीय नेपाली लाग्नुपर्छ, कानूनदेखि सवै पाटो बुझेको र प्रवासीको पीडा पनि जानकार भएको ब्यक्ति छान्दा नै सवैको हित हुने छ भन्ने हाम्रो निश्कर्ष छ,’ शर्माले भन्नुभयो ।
गैर आवासय नेपाली संघको उपाध्यक्ष हुँदै गत निर्वाचनमा धाँधली गरी आफै जितेको भन्दै समानान्तर कमिटी घोषणा गरी अध्यक्ष रहनुभएका शर्मा सर्वाेच्च अदालतको आदेशपछि सचिवमा झर्नुभएको छ । शर्मा तात्कालिन अध्यक्ष कुमार पन्त नेतृत्वको कार्यसमितिमा सचिव हुनुहुन्थ्यो ।
शर्मा मात्रै होइन, पूर्वअध्यक्ष शेष घले समुहले संघ बिभाजन गरेपछि भएको दुवै कार्यसमितिका अध्यक्षदेखि सवै पूर्ववत हैसियतमा पुगेका हुन ।
सर्वाेच्चले २०७८ मा भएको निर्वाचन परिणामलाई खारेज गरी ६ महिनाभित्र एकताको महाधिवेशन गर्न आदेश दिएको छ । डाक्टर बद्री केसी समुहले गैर कानूनी रुपमा एनआरएनए कब्जा गरेको भन्दै अदालतदेखि सवैतिर जानुभएका शर्माले अदालतको फैसलालाई स्वागत गरिसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्