जनता टाइम्स

२५ चैत्र २०८०, आईतवार ११:४४

एमाले मजदुर विशेष जिल्ला कमिटीको अध्यक्षमा शिवाकोटी निर्वाचित


काठमाडौं, चैत २५ । नेकपा एमाले मजदुर विशेष जिल्ला कमिटीको अध्यक्षमा तुलसी शिवाकोटीनिर्वाचित हुनुभएको छ ।

विशेष जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनबाट शिवाकोटी अध्यक्षमासर्वसम्मत निर्वाचित हुनुभएको छ । 

अधिवेशनबाट उपाध्यक्षमा किरण माली निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा सुमनप्रसाद पराजुलीलाई निर्वाचित हुनुभएको छ । महिला उपसचिवमा विजयाखड्का र खुलातर्फ शालिग्राम सुवेदी निर्वाचित हुनुभएको छ । 

अधिवेशनले निर्विरोध रूपमा ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले लेखा कमिटी उपाध्यक्षमा शंकर घिमिरेलाई निर्वाचित गरेको छ । यसैगरी सचिवमासाजन श्रेष्ठ र सदस्यहरूमा रञ्जु जोशी र शारदा जैशी शर्मा निर्वाचित हुनुभएको छ ।