जनता टाइम्स

२५ चैत्र २०८०, आईतवार ११:४५

सभामुख र मनाङेको समर्थनमा एमालेका अधिकारीको मुख्यमन्त्रीमा दाबी


पोखरा, २५ चैत । गण्डकी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । अधिकारीले माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्नुभएको हो ।

गण्डकीमा एमालेका २२, माओवादीका ८ र दिपक मनाङेको समर्थनसहित ३१ मत हुन्छ र बहुमतका लागि पर्याप्त हुन्छ । तर बहुमत पुर्याउन सभामुखको मत पनि जोडिएकाले यसअघि कोशी प्रदेशको जस्तै घटनाक्रम दोहोरिने देखिएको छ ।

कोशीमा सभामुखले बहुमत पुर्याउन मत दिएपछि सर्वोच्च अदालतले सो सरकार बर्खास्त गरिदिएको थियो । यस बाहेक गण्डकीमा कांग्रेसका २७ र राप्रपाका २ सांसद रहेका छन् ।