काठमाडौं, २५ चैत । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिने तयारी गर्नुभएको छ । केहिबेरमा नै शपथको तयारी गरिहनुभएको मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिनुहुने भएको छ ।
अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्री नियुक्त गर्न लाग्नुभएको हो ।
एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आज दिउँसो मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्