जनता टाइम्स

२६ चैत्र २०८०, सोमबार १०:५३

सर्वोत्तम सिमेन्टले लाभांश वितरण गर्ने, कहिले गर्दैछ बुक क्लोज ?


काठमाडौं, चैत २६ । सर्वोत्तम सिमेन्टले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले वैशाख १२ गते साधारण सभा बोलाएको छ ।

अब आगामी साधारण सभाले पारित गरेपछि यो लाभांश वितरण गर्ने संस्थाले जनाएको हो । साथै, कम्पनीले साधारण सभा र बुक क्लोज मिति पनि घोषणा गरेको छ । सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बस्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गर्ने भएको छ । यस आधारमा चैत २९ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।