जनता टाइम्स

२६ चैत्र २०८०, सोमबार १६:५१

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य पुनः निर्वाचित, यस्तो बन्यो पदाधिकारी टीम (मतपरिणामको सूचीसहित)


ललितपुर, चैत २६ । नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य पुनः निर्वाचित हुनुभएको छ । नवौं जिल्ला अधिवेशन अन्तर्गत आज भएको निर्वाचनको अन्तिम मतगणना परिणाम आउँदा आचार्य ५७ मतको अन्तरले अध्यक्षमा पुनः निर्वाचित हुनुभएको हो ।

ललितपुर एमालेमा अध्यक्षका लागि आचार्यसहित ४ जनाले प्रतिस्पर्धा गर्नुभएको थियो । प्रतिस्पर्धीमध्ये चेतनाथ सञ्जेललाई पराजीत गरी आचार्यले पुनः ललितपुर एमालेको बागडोर सम्हाल्नुभएको हो । अध्यक्षमा निर्वाचित आचार्यले २२९ मत प्राप्त गर्दा उपबिजेता बन्नुभएका सञ्जेलले १५४ मत पाउनु भएको छ । अध्यक्षका प्रत्यासी रहनुभएका अर्का दिनेश कार्कीले ८१ मत र शुवर्ण श्रेष्ठले ९ मत पाउनु भएको छ ।

यसैगरी उपाध्यक्षमा ३ जनालाई पछि पार्दै ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्रचार्य निर्वाचित हुनुभएको छ । शाक्यले प्रतिस्पर्धीमध्ये हरिगोबिन्द श्रेष्ठलाई पराजीत गर्नुभएको हो । निर्वाचनमा १७३ मतका साथ शाक्य बिजयी बन्दा उपबिजेता बनेका श्रेष्ठले ११५ मत पाउनु भएको छ भने अन्य दुई उम्मेदवार अष्टबीर ब्यञ्जनकारले ८७ मत र श्याम ब्यञ्जनकारले ९८ मत पाउनु भएको छ ।

यस्तै सचिवमा राम राउत बिजयी हुनुभएको छ । राउतले १७९ मत प्राप्त गर्नुभएको छ । यस्तै पराजीतमध्ये दोस्रो हुनुभएका रत्न महर्जनले ११२, लक्ष्मणप्रसाद बजगाईंले ५१, सहकुल खत्रीले २७, सुदर्शन मिश्रले ७६ र हरिप्रसाद न्यौपानेले २८ मत पाउनुभएको छ ।

यस्तै उपसचिव खुल्लातर्फ प्रभाकर थापा बिजयी हुनुभएको छ । थापाले १६४ मत प्राप्त गरी जीत निकाल्दा प्रतिस्पर्धीहरु नानीकाजी शाक्यले ४८ मत, मनोज महर्जनले ६४ मत, श्याम शर्मा बजगाईंले ९९ मत, सन्दन थापामगरले ५३ मत र साजन दर्लामी (राजकुमार) ले ४४ मत पाउनुभएको छ ।

यस्तै उपसचिव महिलातर्फ आशा राई बिजयी हुनुभएको छ । राई १४२ मत प्राप्त गरी बिजयी बन्दा प्रतिस्पर्धीहरु अन्नपुर्ण बस्नेतले ८७ मत, संगीता अछामीले १४० मत र सुकमाया लामाले १०४ मत प्राप्त गर्नुभएको छ ।

सदस्यहरु भने कतिपय निर्बिरोध र कतिपयमा चुनावबाट छानिएको निर्वाचन कमिटीका संयोजक पुरुषोत्तम ढुंगानाले जानकारी दिनुभयो । सहमति नभएको क्लष्टर र भुगोलमा निर्वाचनबाट सदस्य चयन गरिएको ढुंगानाको भनाई छ ।

हेर्नाेस सूची र मतपरिणाम