जनता टाइम्स

२६ चैत्र २०८०, सोमबार १८:४३

यसकारण टिकेन गायक निशान र मोडल ऋचाबीचको सम्बन्ध


काठमाडौं, २६ चैत । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले सम्बन्ध विच्छेद गर्नुभएको छ । आज काभ्रे जिल्ला अदालतबाट दुबैले सम्बन्ध विच्छेद गर्नुभएको हो । न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो ।

दुवैले संयुक्त रुपमा निवेदन दिएको र सोहि दिन न्यायाधीश भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो । सहमतिमै सम्बन्ध विच्छेद भएको र ऋचाले अंश दाबी नगरेको बताइएको छ । नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप रहनुभएको निशानले २०७७ सालमा रिचासँग कानुनी विवाह गर्नुभएको थियो ।