रौतहट, ३० चैत । रौतहटमा एकैदिन ४ जना युवतीले आत्महत्या गरेका छन् । फरक फरक स्थानमा ४ युवतीले फाँसी लगाइ आत्महत्या गरेका हुन् ।रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीको छोरी करिब १८ वर्षिय अविवाहित मनिसाकुमारी चौधरीले बिहिवार पासो लगाइ आत्महत्या गरेका हुन् ।
यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी रामपुकार साहको छोरी करिब १७ वर्षिय सिवानी साह, गढीमाइ नगरपालिका वडा नं ३ निवासी अजाद अन्सारीको छोरी करिब १६ वर्षिय छोरी असिया खातुन रहेको छिन् ।
दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ गंगा पिपरा नुनिया टोल निवासी रुपलाल दासको १५ वर्षिय छोरी आचलकुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी एलिजा गिरिले बताएकी छिन् । पछिल्लो समय रौतहटमा आत्म हत्या गर्नेको संख्या बढेका छन ।
प्रतिक्रिया दिनुहोस्